समय : ०५:२३ pm | शनिबार , कार्तिक ८ गते २०८२

प्यूठानमा गाडी दुर्घटनाबाट एकको मृत्यु, तिन घाईते

स्वर्गद्वारी अपडेट | कार्तिक ७ गते २०८२

प्यूठान। प्युठानमा गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ।शुक्रबार मध्यान्ह ४ बजे माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो।

ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्।गाडी चालक ऐरावति गाउँपालिका-५ गोठिबाङ बस्ने अन्दाजी २७ बर्षका निरज सापकोटाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल जनाएको छ।

घाइते हुनेमा ऐरावती गाउँपालिका -१ सिर्सेनिका ३३ बर्षका रेशम गुरुङ, ऐरावती गाउँपालिका-३ का ३२ बर्षिय शुदिप गुरुङ र ऐरावती गाउँपालिका-४ का २१ बर्षिय कबिता गुरुङ रहेका छन्।घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छन्।

यो पनि पढ्नुहोस्