समय : ०८:५५ am | शनिबार , कार्तिक ८ गते २०८२

बालेन पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद- महासचिव पोखरेल

स्वर्गद्वारी अपडेट | कार्तिक ६ गते २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले  भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत भएको बताउदै विध्वंस र लुटपाटमा संलग्नलाई प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्:

२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ । विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने वालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ । नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देउ । नेकपा (एमाले)को पूर्ण सहयोग रहनेछ ।

यो पनि पढ्नुहोस्