समय : ०५:०९ pm | बुधबार , फागुन २८ गते २०८१

नेतासँग गुनासो पनि छैन,आश पनी छैन-भुपे पुन

स्वर्गद्वारी अपडेट | माघ २८ गते २०८१

स्वर्गद्वारी अपडेटले प्युठानका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छेको भोगाई, आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे उनीहरु के भन्छन? स्थानीय तह आइसकेपछी ति आममान्छेहरुले गाउँको विकास, राजनिती प्रतिको बुझाई दल र नेताबारे के सोच्छन्? भन्ने बिषयमा हामीले तयार पारेको संबाद।

प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–१ लामडाँडा अर्खाका भुपे पुन बजारबाट फर्कदै थिए।साथमा उनकी श्रीमती र उनि सहित अर्का एक जना उनका साथी पनि संगै गएका रहेछन।हामीले यात्राको क्रममा बाटोमै भेटिएका उनै भुपेजी सँग गरिएको कुराकानी: 

के छ हालखबर तपाईंको?

ठिकै छ ।सब राम्रो छ।दुःख पनि छ, सुख पनि छ। जिन्दगी चलेको छ।

के काम गर्नुहुन्छ?

म कृषि पेशा गर्छु।

कति कक्षा पढ्नु भएको छ ?

छैन स्कुलको मुखै देख्न पाईएन ।     

छोराछोरी कति कति हुनुहुन्छ

दुई छोरा एक छोरी। 

बिहे कति वर्षमा गर्नुभयो ?  

म २० वर्ष हुँदा । 

अहिले कति वर्ष पुग्नुभयो ?

७४ मा टेकीराखेको छु । 

मनमा के पिरोलिरहन्छ

हामीले खनेको यो बाटो कहिले पिच होला र तातोपानी सम्म बाटो कहिले पुग्ला भन्ने कुराले मन पिरोलिरहन्छ। 

गाउँ समाज कस्तो लाग्छ

धेरै राम्रो लाग्छ।सबैले आ-आफ्नो काम गर्छौं।शहर जस्तो तडक भडक केही  छैन।हामि यहीँ हुर्कियौ। केही तेस्तो खराब छैन । 

राजनीति कस्तो लाग्छ

राजनीतिमा खासै चासो त छैन।कहिले काँही कुन–कुन नेता त आउछन। तर मैले चिन्दैन। म आफ्नो काम गर्छु त्यतातिर ध्यानै दिन्नँ। 

नेतासँग केही गुनासो छ

केही छैन।कसैले काम गरेनन्।अब गर्छन भन्ने केही आश पनि छैन।कस्तो-कस्तो ठाउँमा मोटर पुगिसक्यो।हाम्रो यही धुरी सम्म नि गाडी निस्कन मुस्किल छ। 

पछिल्लो चुनावमा कसलाई भोट दिनुभएको थियो? 

धरै पटक सुर्यमा भोट दिएको थिएँ।अर्को चुनावमा कसलाई दिने सोचेको छैन। अब सोचेर भोट दिन्छु। भोट दिएर गएको नेता गाउँमा आएकै देख्दैन।

नेताहरुले भोट दिएपछि बाटो पिच गरदिन्छु भने कि नाई ?

बाटो पिच त एमालेले पनि गरेनन्, राप्रपाले पनि गरेनन्,मसालले पनि गरेनन् बाटोको कुरै नगरम।खै नेताहरु त आउछन कहाँ जान्छन–जान्छन।पहिला-पहिला गर्छन कि भन्ने हुन्थ्यो।आजकल त आश मर्यो।

काम नगर्ने नेतालाई किन फेरी  भोट दिने त ?

अब छोड्ने हो।अर्कोमा हाल्ने हो।अब गरेर देखाऊ अनि भोट हाल्छु भन्ने हो।

८४ को चुनाबमा कस्लाई भोट हाल्ने ?

खै रबि लामिछाने को नाम सुनेको छु देखेको छैन।हेरुम के हुन्छ।त्यो बेला ।

अन्तिमा के भन्न चाहानुहुन्छ ?

म बाँच्दा सम्म यो बाटो पिच होस्।बाटो ठुलो होस्। धुलो मुक्त होस्।धेरै गाडी गुड्ने होस्। यी डाँडा काटेर गाडी बाग्लुङ पुगोस।बाग्लुङले बाटो चिरा–चिरा परेको छ।बाटो जताकतै पुगेको छ त्यस्तै होस्।धन्यबाद

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्