समय : ०९:३९ am | मङ्गलबार , माघ २२ गते २०८१

ट्याक्टर दुर्घटना हुँदा सहचालकको

स्वर्गद्वारी अपडेट | माघ २० गते २०८१

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनीको बिसौनास्थित कच्ची सडकमा लु ३ त ५११२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सहचालक ५५ वर्षीय देवबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । 

दुर्घटनामा परी घाइते हुनुभएको बिकको स्याङ्जा गल्याङमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकको नाम ठेगाना नखुलेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्