समय : ०४:३५ pm | बुधबार , माघ २३ गते २०८१

स्वर्गद्वारीमा १५ शैय्या अस्पतालको शिलान्यास

सन्तोष सुनार | पौष २८ गते २०८१

प्युठान।जिल्लाको स्वर्गद्वारी नगरपालिका भिंग्री बजारमा १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ । शनिवार  स्वर्गद्वारी नगरपालिका ४ भिंग्री बजारमा  वडा अध्यक्ष सुर्वण कुमार श्रेष्ठको अध्यक्षतमा एक कार्यक्रमका बिच नगर प्रमुख टेक प्रसाद भण्डारीले शिलान्यास गरेको हो।

कार्यक्रममा नगर प्रमुख भण्डारीले  जनतालाई नगरमा अस्पताल भएपछि सेवा सुविधा तथा आर्थिकमा समेत बचत र समयैमा सेवा प्राप्त गर्ने बताउदै स्वास्थ्य  क्षेत्रलाई व्यवस्थित र सुदृढ तरिकाले अगाडि बढाउने बताएका छन् ।नगरपालिका भित्र रहेका विरामीहरुलाई औषधीमा पनि न्यून  शुल्कमा पाउने व्यवस्था  उपलब्ध गराउने समेत नगरप्रमुख भण्डारीले बताएका थिए।

त्यस्तै नगरउप्रमुख मिनराज रानाले  नगरक्षेत्रमा अस्तपाताल बनाउन निकै चुनौती भएपनि हामी सफल भएको बताउदै जग्गादाताहरू , चन्दा दाताहरुलाई विशेष धन्यावाद दिएका थिए। उप्रमुख रानाले  स्वर्गद्वारी नगरपालिकाकाले कच्छारामा सर्पदंश उपचार सेवा दिँदा प्यूठान र रोल्पा तथा छिमेकी जिल्लाहरुको करिब दुईसय जना मानिसको  सर्पको टोकाईबाट ज्यान बचेको  बताउदै  मानसिक विरामीहरुलाई  नगरपालिका मार्फत उपचार गरी पुर्नाजिवन  सहयोग गरेको बताएका थिए ।
 
त्यस्तै स्वर्गद्वारी नगरपालिका ५ का वडा अध्यक्ष गिर बहादुर घर्तिले  अस्पताल नगरमा हुँदा  नागरिकले समयमा सेवा पाउने बताएका थिए ।अब नगरपालिकाले नगरबासीहरुलाई स्वास्थ्य विमा जोडदिनुपर्ने  वडाध्यक्ष घर्तीको भनाई छ।

कार्यक्रममा जग्गादा तथा चन्दादाताहरुलाई  प्रसंशापत्र र सम्मान  गरिएको थियो।कार्यक्रममा  जनप्रतिनिधि, कर्मचारी,  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , पत्रकार र स्थानीयहरुको सहभागीताको उपस्थित रहेको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्