समय : ०४:४२ pm | बुधबार , माघ २३ गते २०८१

नागवेलीको सातौं साधारण सभा सम्पन्न

राधिका भुषाल | पौष २८ गते २०८१

प्यूठान । नागवेली बहुउदेश्यीय कृषि सहकारी संस्था लि. प्यूठानको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

होटल आयुस्मा जुम्रीको सभाहलमा शनिवार वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभामा संस्थाका सचिव दिपेन्द्र कुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपा बेल्वासे केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ६ सय ९ जना शेयर सदस्य रहेको सहकारीमा १ करोड ५ लाख २६ हजार १ सय शेयर पुँजी रहेको छ भने कुल सम्पती ६ करोड ७९ लाख ६९ हजार १ सय ९४ रहेको छ ।

संस्थाले प्यूठान नगरपालिका ३ जुम्रीमा थोक बजार पनि सञ्चालन गर्दै आएको छ । थोक बजारमा माछा, कुखुरा, रागां र खसीको मासु, तरकारी तथा फलफुल पसल सञ्चालनमा छन् भने कृषि मेसीनरी औजार, रासायनिक मल, बुटिक तथा सिलाई पसलहरु सञ्चालन भएका छन्।प्युठान नगरपालिका नगरप्रमुख एवंम् सभाका प्रमुख आतिथि बिष्णु बहादुर योगीले सभालाई सम्बोधान गर्दै सहकारी क्षेत्रको संरक्षण र प्रवर्धनमा स्थानीय तहको साथ सहयोग रहिरहने बताएका थिए ।

संस्थालाई हरेक क्षेत्रबाट सहयोग गर्ने संघ संस्थाहरुलाई अध्यक्ष विष्णु पाण्डेले धन्यवाद दिदैं आफ्नो उत्पादनलाई आफ्नै सहकारीबाट बजारीकरण गर्ने संस्थाको मुख्य ऐजेण्डा रहेको बताए । स्थानिय कृषि उपजलाई सहज रुपमा बजार पाउने व्यवस्था मिलाउदै वाह्य बस्तु आयातमा कमी ल्याउन स्थानिय तह र कृषिसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुले सहयोग गर्नु पर्ने बताए ।

“हाम्रो उत्पादन हाम्रै बजार, उत्पादन सुनिश्चितताको लागि थोक बजार” भन्ने मुल नारामा साथ संस्थाले आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्