समय : ०४:०५ pm | शुक्रबार , कार्तिक २ गते २०८१

विजय फूलबारीद्धारा राहत

सन्तोष सुनार | असाेज १४ गते २०८१

प्यूठान।विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक सदस्यका परिवारलाई २५ हजार नगद राहत प्रदान गरेको छ।स्वर्गद्धारी नगरपालिका वडा न. ८ बर्जिवाङ्ग निवाशि मृतक सदस्य प्रतिमान खत्री क्षेत्रीको परिवारलाई संस्थाले आज नगद रु २५ हजार तथा समबेदना पत्र प्रदान गरेको हो ।

व्यवस्थापक प्रकाश बैद्यको नेतृत्वमा संस्थाको एक टोलीले मृतक सदस्यको घरमै पुगेर राहत कोष सहयोग उपलव्ध गराएको छ ।संस्थाको सदस्य राहत कोष  कार्यक्रम  अन्तर्गत उक्त राहत प्रदान गरिएको संस्थाका व्यवसथपक बैद्यले जानकारी दिए । सदस्यको सुःख दुःखमा साथ दिन संस्थाले सदस्य केन्द्रीत हरेक गतिविधी अघि बढाएको बताउदै  सदस्यको  निधन भई  दुःखको बेला परिवारजनमा मलम पट्टि लगाउन सहयोग पुग्ने हेतुले सदस्य मृत्यू राहत कोष सहयोग कार्यक्रम अघि सारेको व्यवस्थापक बैद्यले  प्रष्ट्याए ।

फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. र बिजयलक्ष्मी महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. एकीकरण भई बनेको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. मा हाल ५ हजार ६ सय बढी सदस्य रहेको तथा  संस्थाले सदस्यहरुको सेवालाई ध्यानमा राखी सदस्य मृत्यू राहत कोष , घाटखर्च सहयोग ,सुत्केरी भेटघाट, औषधि उपचार ऋण ,अस्पतालमा छुट,सदस्य बीमा, कृषि व्यवसाय प्रवद्र्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरेको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुको सेवाका लागि मोबाइल बैंकिङ्ग सेवा समेत सञ्चालन गरेको छ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्