समय : १२:०६ pm | शुक्रबार , कार्तिक २ गते २०८१

प्यूठानमा भिरबाट लडेर एकको मृत्यु

सन्तोष सुनार | असाेज ९ गते २०८१

प्यूठान।प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।प्यूठानको सरुमारानी गाउँपालिका ४ निवासी  ५१ वर्षका  सडक मजदुर कृष्ण बहादुर थापाको दाङसिङमा मोटर बाटोबाट करिब १५० मिटर तल खसेर मृत्यु भएको वडा अध्यक्ष चिन्ता सोमै मगरले  जानकारी दिए ।

मृतक थापा खहरे खोलाबाट मङ्गलबार काम गरी घर फर्केको तर राति अबेरसम्म घर  नपुगेपछि परिवार र स्थानियले सोही दिन देखी नै खोजतलास गर्दा बुधबार मध्यान्ह १२:३० बजेमा उक्त स्थानमा भेटाएको  वडाअध्यक्ष सोमैले बताए । उनको  शरीरको टाउको दायाँ भागमा  गहिरो चोट र  दायाँ आखामा पनि चोट लागेको थियो । मृतक थापाको शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल विजुवार ल्याईएको दुई वर्ष पहिला उनको दुई  श्रीमती पनि घास काट्न जादा लडेर मृत्यु भएको  थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्