समय : ०५:४३ am | आइतबार , भाद्र २२ गते २०८१

जनताको घर घरमा पुगेर फर्किए ‘माओवादी’

राधिका भुषाल | पौष २० गते २०८०

प्युठान।"घर घरमा माओवादी, जन जनमा माओवादी" भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्युठानले तीन महिने विशेष रुपान्तरण अभियान समापन गरेको छ।सोही क्रममा प्युठानको नौ वटै स्थानीय तहको गाउँ टोलमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरि आफ्नै कर्मथलो फर्किएका छन्। 

केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाइ वडा कमिटीलाई सुदृढ गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको हो।माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भदौ १६ देखि देशब्यापी रुपमा सञ्चालन गरेको थियो ।

पालिका स्तरमा पार्टीको अवस्था बारेमा नौ वटै स्थानीय तहका पार्टी प्रतिनिधिहरुले केन्द्रीय समिति सम्म पुग्ने गरि रिपोर्टिङ गरेका थिए। सत्ता प्राप्तिका लागि केन्द्रित हुँदा पार्टी संगठन धरासयी भएको भन्दै केन्द्रिय समितिमा व्यापक आलोचना भएपछि माओवादीले ३ महिने अभियान सञ्चालन गरेको हो।

प्युठान नगरपालिकामा सोमबार भएको जनतासंग माओबादी रुपान्तरण अभियानको कार्यक्रममा बोल्दै माओवादीका केन्द्रिय सदस्य निर्मल आचार्यले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका लागि जनदवाव सिर्जनासँगै पार्टी शुद्धीकरण र सुदृढीकरण अभियानको मुख्य उपलब्धिको रहेको केन्दीय सदस्य तथा प्युठान जिल्ला अभियान संयोजक आचार्यले स्वर्गद्वारी अपडेटलाई बताए।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी संयोजक नवराज अधिकारी (रोसन)ले समाजवाद स्थापना गर्न माओवादीका सम्पुर्ण नेता र कार्यकर्ता लाग्नु पर्ने भन्दै संगठन सुदृढीकरण गर्दै एकताबद्ध भएर अघि बढेमा फेरि पनि देशको नेतृत्व माओवादीले लिन सक्ने बताएका छन।

प्युठानमा तिन महिनासम्म चलेको अभियानमा केन्द्रीय सदस्य निर्मल आचार्य,लोकराज जैसी, र लुमाकान्त न्यौपाने,प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी(अजित सिं) लगाएतले सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने अभियान रहेको भन्दै सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने आ-आफ्नो धारणा राखेका थिए।


तिन महिना सम्म चलेको अभियानमा ३ जना केन्द्रिय सदस्य तथा १ प्रदेश उपाध्यक्ष अभियानको नेतृत्वमा प्युठानका नौ वटै स्थानिय तहमा पार्टीले खटाएको थियो।जिम्मेवारी लिएर आएका नेताहरु अभियान अवधिभर ६४ वटै वडा तथा टोल-टोलमा पुगेर जनता संगै काम गर्ने र जनभावना बुझ्ने गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवंम् अभियानका इन्चार्ज निर्मल आचार्य जानकारी दिए। यो अभियान अन्त्य संगै माओबादी पार्टी भित्रको आन्तरिक समस्या समेत अन्त्य भएको उनको भनाई छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्