स्वर्गद्वारी अपडेट समचारडेक्स ।
उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन नसकिरहेको बताइएको छ।


शुक्रबार प्युठान नगरपालिकाको आयोजनामा गरिएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन।पछिल्लो समय युवाहरूको उद्यमशील,पशुपालन कृषी कार्य तर्फ आकर्षण बढ्दै गएपनी उनीहरुको उत्पादनले उचित बजार नपाउनु र उत्पादित वस्तु समयमा विक्री नभए पछि विचौलियाहरुको साहरा लिनुपर्ने अवस्था समेत झेल्नुपरेको भन्दै किसानको उत्पादनलाई समय अनुकुलको दिगो बजारीकरण र उचित मूल्य पाउनुपर्ने माग गरिएको छ।कार्यक्रममा सेवाग्राहीबाट कृषि संकलन केन्द्र,जग्गा वर्गिकरण,बसपार्क ब्यबस्थापन,चिस्यान केन्द्र,अनुदान लागायत विषय उठेको थियो ।कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रुपमा समग्र उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै नगरप्रमुख बिष्णु योगिले राज्यको नीति र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाइ भएको भएपनि नगरपालिका समृद्धिको बाटोतर्फ उन्मुख हुँदै गएको दाबी गर्नुभयो।त्यस्तै प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ सहित बिषयगत शाखा प्रमुख जवाफदेहि बक्ताको रुपमा रहनुभएको थियो।


आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि सि ले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार हालसम्म ३७ करोड ४१ लाख ५० हजार २०७ रुपियाँ खर्च भएको छ। उहाँका अनुसार चालू आर्थिक बर्षमा ४५ प्रतिशत खर्च भएको हो।सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक बर्ष ०७९/८० को चालु खर्च ५६ प्रतिशत र पुँजिगत खर्च २४ प्रतिशत रहेको छ।पालिकाको अनुमानित आय ८१ करोड ९७ लाख ५३ हजार मध्ये हालसम्म ६४ करोड ४४ लाख २७ हजार ५८२ रुपियाँ आम्दानी रहेको छ।नेपाल पत्रकार महासंघ प्युठानको सहजीकरणमा भएको कार्यक्रममा नगर प्रबक्ता सुमन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन पत्रकार महासंघ प्युठान शाखाका सचिब प्रकाश बैधले गर्नुभएको थियो।








