स्वर्गद्वारी अपडेट समचार डेक्स । मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठीइन्डष्ट्रिजमा आगलागी भएको हो ।
यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।








