फागुन १० गते २०८०
07:16: AM
फागुन १० गते २०८०
07:16: AM

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

मंसिर २९ गते २०७९
8:25 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान,  फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् ।आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ ।अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ बजे कतारको लुसिल मैदानमा सुरु हुनेछ ।यी दुई देशले समान दुई पटक विश्व कपको उपाधि जितेका छन् । फ्रान्सले सन् २०१८ र सन् १९९८ मा तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व कप उपाधि जितेको छ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page