केशर सुनार ,काठमाण्डौ । ६ जना कलाकारहरुको आवाजमा मौलिकता बोकेको पारीबारिक कथामा आधारित तीज गीत “आफैले रोजेको घर शुक्रबार सार्बजनिक भएको छ ।छ जना कलाकार हरुको सयुक्त आवाजमा रहेको उक्त तीज गीतमा चर्चित नायक तथा मोडल शितल केसि , नन्दा बस्याल , विशाल पहाडी , सबिता पोख्रेल , स्वस्तिका लामिछाने , अनिता लामा , सुमन बैरागी , लक्ष्मी भन्डारी र मक्कर बानियाँको अभिनय देख्न सकिन्छ ।उक्त गीतमा सुमधुर स्वरका धनी गायक राजु परियार , झलक संगीतम ,अर्जुन सुनाम , दिपक सुनार , राधिका हमाल , टीका पुन र स्वर्गीय दिलमाया सुनार को सुमधुर स्वर रहेको छ ।सबिता पोख्रेल ले लेखेको शब्दमा सङितकार झलक संगीतम ले संगीत भरेका छ्न । झलक संगीतम ले नै निर्देशन गरेको उक्त भिडियोमा दुर्गा श्रेस्ठ को छायांकन रहेको छ भने रेकर्डिङ रेम सुनार र दिपक सुनार ’आईडि’ ले गरेका छन् ।सम्पादन एबम कलरिङ अनिल बिस्ट प्युठानी ले गरेका हुन् भने ग्राफिक्स चेतन सामत ले गरेका छन् । “आफैले रोजेको घर “ आलाप रेकर्डिङ स्टुडियोको अफिसियल च्यानल मार्फत शुक्रबार सार्बजनिक गरिएको छ ।