असाेज १२ गते २०८०
09:15: AM
असाेज १२ गते २०८०
09:15: AM

गायक तथा सर्जक झलक संगीतमको तीज कोशेली “सिन्दुर”

श्रावण १२ गते २०७९
7:39 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
केशर सुनार ,काठमाण्डौ । नेपाली लोक संगीतका लोकप्रिय प्यूठानी गायक तथा सर्जक झलक संगितमले आफ्नो तीज गीत सार्बजनिक गरेका छन । संगितमले “ सिन्दुर” बोलको गीत बुधबार सार्बजनिक गरेका हुन ।उक्त गीतमा एकल महिलाको पिडालाई चित्रण गर्ने प्रयास गरिएको छ । २०७२ सालको महाभुकम्पमा परि श्रीमानको मृत्यु पछिको परिवार सञ्चालनमा देखा परेको समस्यालाई गीतमा प्रस्तुत गरिएको छ ।.गीतमा चर्चित गायिका कृष्णा परियार र बालगायक सुप्रिम मल्ल को सुमधुर स्वर रहेको छ । शब्द कृष्ण मल्ल ठकुरीले ललेख्नुभएको छ भने सङ्गीत झलक सङ्गितम ले भर्नुभएको छ ।भिडियोमा कृष्णा परियार र सुप्रिम मल्लकोे कारुणिक अभिनय देख्न सकिन्छ भिडियोमा बिरेन्द्र परियारको छायांकन र विशाल बैरागी को निर्देशन रहेको छ । रेकर्डिङ रेम सुनारले गरेका छन भने प्रकाश परियारले सम्पादन रहेको छ । “पुगेन” म्युजिक भिडियो आलाप रेकर्डिङ च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

रिप्लाई गर्नुहोस