काठमाडौं । ‘चपली हाइट ३’ फेम्ड अभिनेता महेश त्रिपाठी एक अमेरिकी फिल्म फेस्टिभलको उत्कृष्ट अभिनेता विधामा मनोनयन भएका छन् ।
बुधबारबाट सुरु भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा त्रिपाठी फिल्म ‘हल्कारा’बाट मनोनित भएका हुन् । उक्त फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको मनोनयन सूचीअनुसार त्रिपाठी अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा छन् ।
यसअघि उनी अभिनित ‘चपली हाइट ३’ हलमा प्रदर्शन भइसकेको छ । अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा स्क्रिनिङ हुने तयारी छ ।