फागुन १० गते २०८०
07:03: AM
फागुन १० गते २०८०
07:03: AM

तराईमा आज होली मनाइँदै

फागुन २३ गते २०७९
7:20 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान ।  तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा हिजो होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डाैसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
यसैबीच, धनुषाको जनकपुरधाममा दुई दिने होली महोत्सव सुरु भएको छ । मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन हिजो लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको छ ।डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए । जानकी मन्दिरको प्राङ्गणमा भइरहेको महोत्सवमा आज महामूर्ख सम्मेलन हुँदैछ । मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकका अनुसार आज विशिष्ट शैलीमा उद्घाटन, हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवम् महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान गरिने बताउनुभयो । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page