स्वर्गद्वारी अपडेट प्युठान।एक अर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाईयो ।होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका थिए ।आज प्युठानको बिभीन्न ठाउँहरुमा होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता थियो।उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका थिए ।गौमुखी गाउँपालिकाले होलीको विशेष कार्यक्रममा दौड प्रतियोगिता समेत राखिएको थियो।