WordPress database error: [Duplicate entry 'c0314397b4213b3b90ac2cb647ddfab8' for key 'md5'] INSERT INTO `wp5k_litespeed_avatar` SET url='https://secure.gravatar.com/avatar/3e6b6a6f6ac130048b15519309e25d7e?s=30&d=mm&r=g', md5='c0314397b4213b3b90ac2cb647ddfab8', dateline=1695696143
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्यूठान स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आईडल सम्पन्न भएको छ । आईडलमा स्वर्गद्वारी नगरपालिकाकी विरा घर्ती मगर विजयी भएकी छिन । हिजो शुक्रवार ५जना प्रतिष्पर्धी उत्कृष्ट्र भई टप पाचँमा पर्न सफल भएका थिए । जसवाट आज शनिवार नवौं दिन आएडलले भोटिङ को ५० प्रतिशत र निर्णयकको ५० प्रतिशतको आधरमा स्वर्गद्वारी नगरपालिकाकी विरा घर्ती मगर विजयी भएकी हुन। फस्ट रनरअप रेजिना केसीको समुह गौमुखी गाउँपालिका र सेकेण्ड रनरअप सरस्वती घर्ती मगर प्यूठान नगरपालिका, चौथौ एलिसा थापा मल्लरानी गाउँपालिका र पाँचौं अर्जुन भण्डारी प्यूठान नगरपालिकाको भएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले जानकारी दिएका छन्। ।
आइडलमा विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र प्राप्त गरेका छन । चौथो र पाचौँ भइका थापा र भण्डारीलाई विजुवारमा रहेको रियान एण्ड रिदिमा कस्मेटिक सर्जिकल हाउसका प्रो । राजन सुवेदिले मायाको चिनो दिएका थिए ।सुवेदिले बाहिरेका प्रतियोगलाई निरन्तर गिप्ट एम्पाएर तथा मायाको चिनो दिदै आईरहेका छन ।प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको “कृषि पर्यटन उधोग र ब्यापार स् रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको स्वर्गद्वारी प्यूठान पाचौ महोत्सव फागुन ४ गतेदेखि फागुन १४ गतेसम्म चल्नेछ।