समय : ०२:२२ pm | शनिबार , श्रावण १२ गते २०८१

महिला विश्वकप फुटबलआज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०८०

काठमाण्डौ – फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ ।स्पेन पहिलो पटक फाइनलमा पुगेको हो ।गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page