समय : ०६:१५ am | बिहिबार , कार्तिक ८ गते २०८१

बङ्लादेशले अफगानिस्तानलाई ५ सय ४६ रनले हरायो, शान्तोको लगातार दोस्रो शतक

स्वर्गद्वारी अपडेट | असार २ गते २०८०

काठमाण्डाै - अफगानिस्तानसँगको एकमात्र टेष्ट क्रिकेट बङ्लादेशले ५ सय ४६ रनको अन्तरले जितेको छ । मिरपुरमा ६ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १ सय १५ रनमा अल आउट भयो ।

अफगानिस्तानका रहमात शाहले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ बङ्लादेशका तस्किन अहमदले चार र शोरिफुल इस्लामले तीन विकेट लिए । पहिलो पारीमा २ सय ३६ रनको अग्रता बनाएको बङ्लादेशले दोस्रो पारीमा ४ विकेट गुमाएर ४ सय २५ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो ।

बङ्लादेशका लागि पहिलो पारीमा शतक हानेका नजमुल होसिन शान्तोले दोस्रो पारीमा पनि शतक हानेका छन् । यस्तै, मोमिनुल हकले पनि १ सय २१ रन बनाए । अफगानिस्तानलाई ५ सय ४६ रनले हराएर बङ्लादेशले आफ्नो टेष्ट इतिहासको सबैभन्दा फराकिलो अन्तरको जितको रेकर्ड बनाएको छ ।  यस्तै, टेष्ट क्रिकेटमा यो अहिलेसम्म तेस्रो ठूलो अन्तरको जित हो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्