समय : ०१:०२ pm | आइतबार , चैत्र ३ गते २०८१

वडाध्यक्षद्वारा जस्तापाता सहयोग

सन्तोष सुनार | फागुन ७ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका वडा ३ का वडा अध्यक्षले बिपन्न घर परिवारलाई जस्तापाता सहयोग गरेका छन्।सोहि वडाको लामाचौर स्थित शोभ बहादुर भण्डारीलाई सहयोग गरेका वडाध्यक्ष धनेद्र कार्कीले जानकारी दिए।       

६ जना परिवार संख्या रहेको भण्डारी हाल बिरामी अवस्थामा छन्।उनको जेठो छोरा बुहारी रोजगारीको लागि भारतमा कार्यरत छन् भने ३ नातिनातिना आफु संगै रहेको शोभ बहादुर भण्डारीले बताए।

व्यक्तिगत खर्चमा ३१ हजार मूल्य पर्ने २१ पाता जस्तापाता खरिद गरि बुधबार हस्तान्तरण गरेका वडाध्यक्ष कार्कीले स्वर्गद्वारी अपडेटलाई बताए।

वडाध्यक्ष कार्की जनप्रतिनिधि भएपछि सामाजिक काममा सक्रिय देखिदै आएका छन्।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्