नवलपुर । नवलपुरको स्ववियू निर्वाचन हुने भनिएका सबै क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदिएका छन् । नवलपुरका १० वटा क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ । विभिन्न माग राख्दै विद्यार्थी संगठनले क्याम्पसहरुमा तालावन्दी गरेपछि निर्धारित मितिमा चुनाव नुहने सम्भावना बढेको हो ।
विद्यार्थी संगठनहरुले १० वटा क्याम्पसमा स्ववियु चुनाव गराउनु पर्ने माग गरेपनि ९ वटा क्याम्पसले मात्र चुनावी तालिका सार्वजनिक गरेका छन् । ती क्याम्पसहरुमा चैत ५ गते चुनाव हुने कार्यतालिका छ । तर १० वटै क्याम्पसमा तालावन्दी भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले जानकारी दिए ।