समय : ०४:०९ pm | सोमबार , माघ २८ गते २०८१

स्वर्गद्वारी ५ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा हस्तान्तरण

सन्तोष सुनार | माघ ६ गते २०८१

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा (बलाङ्केट)वितरण गरिएको छ।

आईतबार वडा कार्यालयको आर्थिक सहयोग  र वडा स्तरीय ज्येष्ठ नागरिक सञ्जालको आयोजनामा वडामा रेहका ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमका विच  बलाङ्केट हस्तान्तरण गरिएको हो ।  चिसोमौसमको मध्यनजर गरेर चालु आर्थिक वर्ष २०८१–०८२ बजेट मार्फत वडाबाट ७५ हजार रकमको ८२ जना ज्येष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले  जानकारी दिए। बलाङ्केट पाउदा ज्येष्ठ नागरिकहरु खुसि हुदै  वडा अध्यक्ष घर्तिलाई धन्याबाद समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष घर्तीले ज्येष्ठ नागरिकको सम्मानका लागि  वडा नं. ५  ले सुरुको बर्षदेखी नै रचनात्मक कार्यक्रमहरु गर्ने निरन्तर प्रयासरत रहने जनाएका छन्।आफूहरु निर्वाचित भएर वडामा आएदेखी अति बिपन्न ,जेष्ठ नागरिक, एकल  महिला तथा दलित महिलाको उत्थानका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।समाजका अघिल्लो पुस्ता र समाजका अभिभावकलाई सधै सम्मानको खाँचो रहेको उनले  बताए ।

त्यस्तै वडा कार्यालय सम्म सहभागी हुन नसक्ने जेष्ठ नागरीकहरुलाई घरमै  पुगेर उपलब्ध गराउने वडा अध्यक्ष  घर्तिको भनाई छ। जीवलाल बुढाथोकीको अध्यक्षतामा वडास्तरीय जेष्ठ नागरिक कार्यक्रम सुरु भएको सो कार्यक्रममा वडाध्यक्ष गिर बहादुर घर्तीमगर, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थित रहेको थियो।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्