काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको जनाएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ ।
