प्युठान।प्यूठानमा दुई वटा शव फेला परेको छ । बुधबार देखी हराईरहेका स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका वर्ष ७५ का जगनात अधिकारीको शव भिंग्री बजारबाट तापा र बर्जिबाङ जाने बेली ब्रिजको दुई सय मिटर तल दिउँसो २ बजेको समयमा भेटिएको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए।
शव भेटिएका अधिकारीले ३ दिन अघि माडि नदिको किनारामा आफ्नो चप्पल र लौरो राखेका कारण हामफालेको हुन सक्ने भनेर संकास्पदको आधारमा खोजि गर्दा शुक्रबार शव भेटिएको भण्डारीले बताए ।
त्यस्तै आजै स्वर्गद्वारी नगरपालिका ३ चिराबारी बस्दै आएका वर्ष ६३ का दामोदर खनालले भिंग्री बजार बेलिब्रिज नजिक माडी नदीमा नुहाउन लाग्दा बगेर गोठिबाङको घण्टीखोला दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय भिंग्री प्रहरी निरिक्षक नविन कुमार थापा क्षेत्रिले जानकारी दिए।
शव भेटिएका खनालले भिङ्ग्री बजारमा घडिहरु बनाउने काम गर्दै आएको स्वर्गद्वारी नगरपालिका ३ का वडा अध्यक्ष कुष्ण बहादुर रोकायले बताए । उनको आफन्त हाल दाङको लमहीमा रहेको हुदा खबरपछि हिडि सकेको अध्यक्ष रोकायले बताए ।