प्यूठान।प्यूठानको स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका एक बृद्ध तिन दिन देखी बेपत्ता भएका छन । बुधबार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका वर्ष ७५ बर्षका जगनात अधिकारी माडि नदिको किनारामा आफ्नो लौरो र चप्पल राखी बेपत्ता भएको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।
अधिकारी घरमा कोही नभएको बेला दिउँसोको समयमा निस्केको परिवारले जानकारी दिएको नगर प्रमुख भण्डारीको भनाई छ। संकास्पदको आधारमा अधिकारले माडि नदिमा हामफाले कि भनेर नदिको सबै ठाउँतिर खोजतलासी गर्दा समेत नभेटिएको भण्डारीले बताए ।
अधिकारीको खोज अनुसन्धानका लागि टोली आज बिहान ८:३० बजेदेखी खोजीकार्य गरिरहेको छ ।सोहि ठाउँका वडाअध्यक्ष गिर वहादुर घर्तिका अनुसार अधिकारीको घरमा दुईवटा बुहारी रहेको र छोराहरु प्रवास रहेको बताइएको छ । अधिकारीको स्वास्थ्यमा केही समय अघि पिसाब थैलीमा समस्या रहेको वडा अध्यक्ष घर्तिले बताए । घर्तीले कसैले भेटाएमा स्वर्गद्वारी नगरपालिका अथवा इलाका प्रहरी कार्यालय भिंग्रीमा खबर गर्न अनुरोध गरेका छन् ।