समय : ०४:०२ pm | मङ्गलबार , वैशाख ९ गते २०८२

तिहारको पहिलो दिन: आज काग तिहार

स्वर्गद्वारी अपडेट | कार्तिक १४ गते २०८१

प्युठान।कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो खान दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता रहेको छ ।सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ। 

लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्