समय : ०५:५५ am | बिहिबार , फागुन १ गते २०८१

दाङमा ५० किलो चरेस र अफिम सहित ३ जना पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज २२ गते २०८१

दाङ।दाङमा ५० किलो १५२ ग्राम चरेस र अफिम सहित ३ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो। पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षकी बिनी पुन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३८ किलो ९७२ ग्राम चरेस ११ किलो १८० ग्राम अफिम, लागू औषध तौल गर्ने डिजिटल तराजु एक थान र एक थान कैचि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाले जानकारी दिए। उनिहरुलाई गोप्य सूचनाका आधारमा डीएसपी इश्वर थापाको कमाण्डमा गएको १० जना प्रहरीको टोलीले दिउँसो २ बजे पक्राउ चरेस र अफिम सहित ३ जनालाई पक्राउ गरेको हो। प्रहरीले विनी पुनको कोठाबाट अवैध लागू औषध चरेस र अफिम बरामद गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्