प्युठान । प्युठानमा एक महिलाको शव फेला परेको छ । झिमरुक नदीले बगाएर ल्याउदै गरेको शव प्युठान नगरपालिका १० हाडिगैरामा अन्दाजी २९ बर्षिया महिलाको फेला परेको प्रहरीले जानकारी दिएको छ।
नदीले बगाएर ल्याउदै गरेको देखेपछी स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।मृत अबस्थामा फेला परेको शव कसको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।