काठमान्डौ।यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ।विपदमा परेर अहिलेसम्म २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मत–सम्हार गरी यातायात सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।
उद्धार, सडक पुनर्निर्माण तथा ट्रयाक खोल्नेका काम सुरक्षाकर्मी अहोरात्र खटिरहेको तिवारीले जानकारी दिए ।