समय : १०:३३ am | बुधबार , असाेज ३० गते २०८१

दाङमा चटयाङ पर्दा एकको मृत्यु,आमा र छोरी घाइते

स्वर्गद्वारी अपडेट | असाेज ९ गते २०८१

तुलसीपुर।दाङमा चटयाङ लागेर एक जना बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खुङकोट निबासी  ३ वर्षका बालक  समिर साहु रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।चटयाङ लागेर मृतक बालककी आमा ४२ वर्षकी निमकली साहु र दिदी ६ वर्षकी सविना साहु घाइते भएकी छिन्।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मंगलबार दिउसो साढे ३ बजे एकतले कच्चि घरमा चट्याङ परेपछि घाइते  भएका ३ जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । घाइते मध्य बालकको उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्