प्युठान।प्युठान नगरपालिका प्यूठानले प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध गरेको छ।प्रदूषण नियन्त्रण तथा स्थानीय कृषकहरुले उत्पादन गरेको फूललाई प्रोत्साहन गर्ने उदेश्यले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध गरेको हो।
दशैँ - तिहार नजिकिँदै गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि नगरपालिकाले प्लास्टिकका फूलमालाको आयात,बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाउदै नगरपालिकाले मंगलबार सुचना प्रकाशन गरेको छ।