समय : ०९:३० pm | बिहिबार , पौष ११ गते २०८१

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | भाद्र ५ गते २०८१

दाङ– दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरूको मृत्यु भएको हो । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश बिक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।बिहान करिब १० बजे दुवैजना इनारभित्र पसेका थिए।उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्