समय : ०२:२० am | शनिबार , श्रावण ४ गते २०८१

राप्ती नदीको बाढीमा बेपत्ता यादवको शव फेला

स्वर्गद्वारी अपडेट | असार २३ गते २०८१

दाङ।शनिबार राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

राजपुर गाउँपालिका- २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए।

केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो। उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिम तर्फ बगरमा फेला परेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page