समय : ०८:१६ pm | शनिबार , जेठ ३१ गते २०८२

माण्डवीले शंखे किरा खरिद गर्दै  

स्वर्गद्वारी अपडेट | असार २० गते २०८१

प्युठान।माण्डवी गाउँपालिका ३ नम्बर वडा कार्यालयले शंखे किरा खरिद गर्ने भएको छ।वडा कार्यालयले आज एक सुचना जारी गर्दै शंखे किरा प्रति केजी १५ का दरले खरिद गर्ने कार्यालयले जनाएको छ।

माण्डवी गाउँपालिकाको ३ नम्बर वडाका बिभिन्न बस्तिहरुमा शंखे किराको प्रकोप देखिन थालेपछि शंखे किरा निर्मुल गरि बालि संरक्षणका लागि शंखे किरा संकलन गरि वडा कार्यालयमा ल्याउने किसानलाई प्रति केजी १५ का दरले रकम भुक्तानी दिइने माण्डवी गाउँपालिका वडा ३ का अध्यक्ष धनेन्द्र कार्कीले बताए।    

यतिबेला कृषकहरुले खेतबालीमा लगाएको फलफूल, लहरे तरकारी बाली तथा धान खेतीमा क्षति गर्न थालेपछि यस क्षेत्रका कृषकहरु चिन्तित बनेका छन्। शंखेकिराले तरकारी बालीको बोट काट्ने, पात खाई दिने, डाँठ खाई दिने समस्याले बालीमा नोक्सानी पुर्‍याएको धेरै किसानहरुको गुनासो गरेको आधारमा वडा कार्यालयले शंखे किरा निर्मुल गरि खरिद गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले स्वर्गद्वारी अपडेटलाई बताए।

यो पनि पढ्नुहोस्