समय : १२:२५ am | सोमबार , कार्तिक १८ गते २०८१

महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै नौबहिनी

स्वर्गद्वारी अपडेट | असार १८ गते २०८१

प्युठान। लोप हुँदै गइरहेको परम्परागत र मौलिक बाजाको संरक्षणका लागि नौबहिनी गाउँपालिकाले महिलाहरुलाई पञ्चेबाजा बजाउने सीप प्रदान गरेको छ। नौबहिनी गाउँपालिका-८, लुप्लुङ्ग स्थित संघर्षशिल स्वास्थ्य आमा समुह र प्रगतिशील स्वास्थ्य आमा समुह यस्तै नौबहिनी गाउँपालिका-४, स्थित प्रगतिशील आमा समूह र दिदिबहिनी आमा समुहका लागी १५ दिने पञ्चेबाजा बजाउने तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।

पुरुष मात्र होइन, महिला पनि अवसर पाए हरेक काममा सक्षम हुन्छन् भन्ने उदाहरण दिनका लागि महिलालाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए ।

समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको तर्फबाट भविराम परियार र लाल बहादुर परियारले प्रशिक्षण दिएका थियो भने प्रिया थापा र गौमती रोका मगरले सहजीकरण गरेकी थिईन ।

नौबहिनी गाउँपालिकाको आर्थिक सहयोग तथा समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको प्राविधिक सहयोगमा गत असार ३ गतेदेखि सञ्चालन भएको कार्यक्रमको आज समापन भएको छ । नौबहिनी गाउँपालिकाले दुई सेट बाजाका सामग्री समेत सहयोग गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्