लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको राराताल अबलोकन गरेका छन।भ्रमणमा प्रदेश प्रमुख शेरचन , उहाँको जीवन संगिनी शान्ति शेरचन , उहाँको सचिवालयकको टोली र कर्मचारीको सहभागीता रहेको छ ।
भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घोडामा सवार गरि राराको अदभूत सौन्दर्य अवलोकन गरेका थियो।कर्णाली प्रदेशको स्वर्गकी रानिको रूपमा परिचित रारामा दैनिक सयौं पर्यटकको भिड लाग्ने गर्दछ ।
रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोलि स्थलमार्गबाट रारा पुगेको हो ।रारा पुग्ने बित्तिकै राराको सुन्दरताले आफुहरु लोभिएको भ्रमणमा सहभागी प्रदेश प्रमुख शेरचनको सहस्वकीय सचिब बसन्त भट्टचनले बताए।