समय : ०३:४३ am | सोमबार , वैशाख ७ गते २०८२

माडी खोलामा जाल हान्दा बम पर्यो

स्वर्गद्वारी अपडेट | जेठ २५ गते २०८१

प्युठान। माडीखोलामा जाल हान्दा बम फेला परेको छ । शनिबार माण्डवी गाउँपालिका-३ स्याउलीघारी नजिक माडीखोलामा माछा मार्ने क्रममा जाल हान्दा गिन्रेट बम जस्तो देखिने विस्फोटक पदार्थ फेला परेको लामाचौर अस्थायी पोस्ट प्रहारी सहायक निरीक्षक बलमान रानाले जानकारी दिए।

माडी खोलामा माछा मार्न गएका १५ बर्षिय शेखर पुन मगरले गोलो आकारको बलजस्तो बस्तु खेलाउदै गरेको स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए।नेपाली सेना घटना स्थलमा पुगी उक्त ग्रिनेट लाई नियन्त्रणमा लिएको छ।

आइतबार डिस्पोजल गरिने श्री बर्द बहादुर गण प्युठानका गणपति रमेश थापाले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्