समय : ०६:०२ am | शनिबार , श्रावण १२ गते २०८१

देवीस्थानमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका-३ देविस्थान गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएको छ। शनिबार २:२० बजेदेखि सुरू भएको आगलागी आईतबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो। 

आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापासहित प्रहरी अधिकारीहरू, जनप्रतिनिधि,नेपाल आर्मी र स्थानीयहरु खटिएका थिए।

गंगागम रोजिन एण्ड टर्पेन्टाइनको गोदाममा शनिबार दिउसो २:२० बजेतिर आगलागी भएको थियो।आगलागी हुँदा ६ हजार ५ सय ३० डिब्बा (टिनको भाडो ) खोटो संकलन गरेको कच्चा पदार्थ खोटो जलेर नष्ट भएको  करिव १ करोड १३ लाख बराबरको क्षति भएको गंगाराम रोजिन एण्ड टर्पेन्टाइन कमर्चारी भुवन सिङ बस्नेत बताए।

त्यसै गरि आज बिहानै देखि अस्थाई प्रहरी पोस्ट जस्पुर र गंगागम रोजिन एण्ड टर्पेन्टाइन कम्पनीको सहयोगमा जिल्ला प्रहरी कार्यालय प्युठानको समन्यव दुई वटा जेसिबीबाट आगो नियन्त्रणमा ल्याएको हो।

जेबिसी चालकलाई सम्मान  

गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घन्टा पछि नियन्त्रणमा आएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले दुई चालकलाई सम्मान गरेको हो।जेसिबी चालक छ्त्रकोट गाउँपालिका-८ बिष्णु कुमाल र  बंगलाचुली गाउँपालिका-८ का चालक सोनु परियार र माण्डवी गाउँपालिका-३ जेसिबी सहचालक डिगम ठेडी मगरलाई सम्मान गरेको हो। जोखिम मोलेर चालकले आगो नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापाले बताए।उनले भने-'हेर्दा सामान्य लागेपनि यति ठुलो जोखिम मोलेर चालकहरुले आगो नियन्त्रण लिए।" उहाँहरुको मनोभावना बृदी हो भन्ने उदेश्यले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख थापाले बताए।आगलागीबाट क्षतिको विवरण संकलन गर्नेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानको प्रमुख इश्वर थापाले जानकारी दिए।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page