समय : ०८:५७ am | शनिबार , श्रावण १२ गते २०८१

स्वर्गद्वारी अपडेटकर्मी पुरस्कृत

स्वर्गद्वारी अपडेट | वैशाख ५ गते २०८१

प्युठान।नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको १५ औं साधारण सभा तथा आठौँ अधिबेशन बुधबार सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले स्वर्गद्वारी अपडेट अनलाईनमा कार्यरत पत्रकार सन्तोष सुनारलाई काशिराम स्मृति प्रतिभा पत्रकारिता पुरस्कारबाट नगद तथा प्रमाण पत्रले पुरस्कृत गरेको छ।त्यसै गरि साहारा खबर डटकमका संचालक बासुदेब गिरी,रेडियो माण्डविका प्रबन्ध निर्देशक पदम सुबेदी, प्यूठान जागरण डटकमका सम्पादक लोकेन्द्र सुनार, रेडियो महिला आवाजमा कार्यरत शुसिला बुढा, पैरवी अनलाइनका पत्रकार सिता वि.कलाई महासंघले नगद तथा प्रमाण पत्रले  सहित पुरस्कार प्रदान गरेको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको पुर्व अध्यक्ष तथा गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानालाई सम्मान गरेको हो। नेपाल पत्रकार महासंघ प्युठानलाई बिभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै  ज्योति बिकास बैंकमा कार्यरत दिपक खड्का,व्यवसायी झबिन्द्र  शर्मा र तत्कालिन झिम्रुक बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मदन बहादुर के.सीलाई सोहि समारोह बीच सम्मान गरेको छ।

बुधबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको १५ औं साधारण सभा तथा आठौँ अधिबेशन होटल आयुस्मा जुम्रिमा सम्पन्न भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page