समय : ०५:२९ am | शनिबार , श्रावण ११ गते २०८१

धनगढी उपमहानगरपालिकाका मेयरकी छोरी भारतबाट सम्पर्कविहीन

स्वर्गद्वारी अपडेट | चैत्र १३ गते २०८०

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले भनेका छन्, ‘गोवा बस्नु हुने शुभचिन्तक, दाजुभाई र दिदिबहिनीहरुले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page