समय : ०९:३६ am | शनिबार , श्रावण १२ गते २०८१

रुपाचौर-टोप्रे गुफा दौड प्रतियोगिता

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०८०

प्युठान।गौमुखी गाउँपालिका –५ खुङ प्युठानले फागु पूर्णिमा अर्थात होली पर्वको अवसर पारी आयोजना गरेको साहसीक दौड प्रतियोगिता आज सम्पन्न भएको छ।

रुपाचौर देखी टोप्रे गुफा सम्मको प्रतियोगितामा महिला/पुरुष गरी ७५ जनाले भाग लिएका थिए।'साहसिक दौड तथा टोप्रे गुफा पर्यटन महोत्सव' भन्ने नारा सहित प्रतियोगिता राखिएको थियो ।जसम पुरुषतर्फको पाँच किलोमिटर दौडमा गौमुखी -३  इन्द्र पुन मगर, गौमुखी -५ सन्तोष मल्ल र सोहि निवासी  कृष्ण आचार्य क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्। उनीहरुले ७ हजार, पाँच हजार र तिन हजार नगद पुरस्कार प्राप्त गरेक छन्। गौमुखी -३ निवासी अन्जली पुन प्रथम,गौमुखी -५ निवासी सिर्जना मल्ल द्वितीय र सोहि निवासी चमेली बिस्टले तृतीय स्थान हासिल गरेकी छिन। उनीहरुले ७ हजार, पाँच हजार र तिन हजार नगद पुरस्कार प्राप्त गरेक छन्। महिला तर्फ दौडमा सातौं स्थान सम्म हासिल गर्ने प्रतियोगीलाई वडाले पुरस्कारको व्यबस्था गरेको थियो  भने सहभागी भएका सबै प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्न पुगेका प्युठानका संघीय सांसद सुर्य थापाले पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता महत्वपूर्ण रहेको बताएका छन्।सिंगो गौमुखी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार विकासका लागि निरन्तर पहल गरिरहेको उनले बताए।कार्यक्रममा वडा अध्यक्ष बरुण ध्वज मल्लले सांसद थापा , जिल्ला समन्यव समिति प्युठानका प्रमुख धरम जिसी,र गौमुखी गाउँपालिकाको अध्यक्ष बिष्णु कुमार गिरीलाई ६ बुदे माग पत्र बुझाएका थिए।माग पत्रमा समेटिएका बुदाहरुलाई बेवास्ता नगरी आगामी आर्थिक वर्ष देखी  बजेट व्यवस्था गर्न आग्रह समेत गरेका थिए।गुल्मी र प्युठानको सिमानामा अवस्थित टोप्रे गुफालाई प्रवर्द्धन गर्नको लागि दुवै जिल्लाले उत्तिकै महत्वका साथ हेरिएको वडा अध्यक्ष मल्लले जानकारी दिए।

कार्यक्रममा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला व्यक्तित्वहरु,बुद्दिजिबिहरु,स्थानीयबासी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो।               

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page