समय : ०९:५८ am | शनिबार , श्रावण १२ गते २०८१

हमासको आक्रमणबाट ज्यान गुमाएका थप एक नेपाली विद्यार्थीको शव ल्याइयो

स्वर्गद्वारी अपडेट | कार्तिक ९ गते २०८०

  कात्तिक ९

स्वर्गद्वारी अपडेट समाचार डेक्स । इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज स्वदेश ल्याइएको छ ।नेपाल ल्याइएको शव बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाइ दुबईको विमानमार्फत् बिहान ७ बजे गणेशको शव ल्याइएको हो ।

१० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन नातेदारको डीएनए सङ्कलन गरी पठाइएको छ । ती शव पनि चाँडै नेपाल ल्याइने गरी प्रकृया अगाडि बढेको सहसचिव आरणले जानकारी दिनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page