समय : ०८:४७ am | शनिबार , श्रावण १२ गते २०८१

सल्यानमा ग्यास चुहावट हुँदा आमा छोरीको मृत्यु

स्वर्गद्वारी अपडेट | भाद्र ३० गते २०८०
facebook sharing button

सल्यान, ३० भदौ । सल्यानमा खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आमाछोरीको मृत्यु भएको खबर प्राप्त भएको छ । शनिबार बिहान जिल्लाको त्रिवेणी गाउँपालिका वडा २ काँरागीठी ढालेढुङ्गा टोलमा बस्ने आमा अन्दाजी ३० बर्षिया रेवती थापा र अन्दाजी ९ वर्षीया  छोरी रितु थापाको मृत्यु  भएको वडा नम्बर २ का वडा  अध्यक्ष हस्त बहादुर राम्जाले जानकारी दिनु भयो ।

 घटना स्थलमा काभ्राको प्रहरी पुगेको र आफ्नो नेतृत्वको इलाका प्रहरी कार्यालय लुहामको टोली घटना स्थल पुग्न लागेको प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिनु भयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page