समय : ०९:५३ am | शनिबार , श्रावण १२ गते २०८१

ट्रकसँग बस ठोक्किँदा ७ जनाको ज्यान गयो, २९ जना घाइते

स्वर्गद्वारी अपडेट | भाद्र २३ गते २०८०

  भदौ २२,शनिवार

स्वर्गद्वारी अपडेट समचार डेक्स । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका-८ का बस चालक ४५ वर्षीय जाेग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page