समय : ०१:५८ pm | शनिबार , श्रावण १२ गते २०८१

सिंहदरबार जलाइदिने धम्की दिएको स्टाटस बालेनले डिलिट गरे

स्वर्गद्वारी अपडेट | भाद्र १८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचमर डेक्स ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस फेसबुकबाट डिलिट गरेका छन् । हाल उनको पेजमा उक्त स्टाटस देखिँदैन ।

‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार’, शनिबार राति बालेनले फेसबुकमा लेखेका थिए ।

उनले श्रीमती सविना काफ्ले चढेको महानगरको गाडी रोकेर सुरक्षाकर्मीले केरकार गरेको रिसमा सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिएको बुझिएको छ । बालेनको सचिवालयले भने सुत्केरी पीडामा रहेकी सविनलाई प्रहरीले दुर्व्यवहार गरेको दाबी गर्दै वक्तव्य जारी गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page