समय : ०८:१३ am | शनिबार , श्रावण १२ गते २०८१

 एक किलाे सुनसहित एक महिला पक्राउ

स्वर्गद्वारी अपडेट | भाद्र १७ गते २०८०

  भदौ १७ ,रसुवा - रसुवागढी नाकाबाट एक किलाे सुनसहित एक महिला पक्राउ परेकी छिन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ हिजाे मितेरी पुलबाट पक्राउ परेकी हुन् ।

केरूङबाट अवैधरूपमा एक किलाे सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेकाे जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताउनु भयाे । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page