समय : ०५:३० am | शनिबार , श्रावण ११ गते २०८१

पाल्पामा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, ८ जना घाइते

स्वर्गद्वारी अपडेट | भाद्र १३ गते २०८०

पाल्पा – पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् ।गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page