समय : १२:२२ pm | शनिबार , श्रावण १२ गते २०८१

दार्चुलामा ७५ वर्षीया वृद्धाको हत्या

स्वर्गद्वारी अपडेट | भाद्र ११ गते २०८०

दार्चुला । दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) तर्कराज पाण्डेले जानकारी दिए ।

घटनापछि चन्दका नाति फरार छन् । उनको खोजी भइरहेको छ । नाति हत्या गरेर भागेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । घटना किन र कसरी भएको हो भन्ने विषयमा छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page