समय : ०९:२१ am | शनिबार , श्रावण १२ गते २०८१

सरकारले लम्पिस्किन रोग प्रभावित किसानलाई राहत दिन कार्यविधि तयार

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८०

काठमाडौ, १ भदौ । लम्पिस्किन रोगका कारण पशुचौपाया गुमाएका किसानलाई राहत दिन सरकारले कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । अर्थ मन्त्रालयको सहमति लिएर उक्त कार्यविधि स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा दीपक कुमार खरालले जानकारी दिनुभयो ।

लम्पीस्किनबाट अहिलेसम्म १३ लाख ५ हजार ३ सउ ६१ पशुु सङ्क्रमित भएको र चैतदेखि हालसम्म ४७ हजार ६ सय ४९ पशु मरेको कृषि मन्त्रालयले जनाएको छ । १ लाख ७५ हजार ५ सय ५३ पशु अहिले पनि सङ्क्रमित छन् । लम्पी स्किनका लागि १३ लाख ६९ हजार मात्रा खोप ल्याइएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page